हामी सवैमा धनी छौं भनेर बेला बेलामा चिल्लाउने गर्दछौं । कतिपय खोज र अनुसंन्धान कर्ताहरुले हाम्रो कला सँस्कृति र पहिचानको बारेमा चासो व्यक्त नगरेका होईनन् तर ठोस उपलब्धिमुलक रुपमा यहाँका सँस्कृतिहरुको संरक्षण गर्न सकिएको छैन् ।
सँस्कृतिका हिसावले दैलेख निकै धनि छ । यही गौरवलाई मात्र कायम गरेर यहाँका सँस्कृतिहरु जोगाउन र बचाउन सके मात्र दैलेख आन्तरिक र वाह्य पर्यटनका लागि महत्वपुर्ण गन्तब्य बन्न सक्छ तर अहिलेसम्म दैलेखका हरेक गतिविधीहरुका बारेमा चासो र चिन्ता गर्न सकिएको छैन् ।
संचार माध्यामहरुले गरेका दुई चारवटा कला सँस्कृतिका समाचार लेखन र प्रसारणले मात्र जोगिएको दैलेखको ऐतिहाँसिकता जोगाउन सरकारले अहिलेसम्म कुनै ठोस निर्णय लिन सकेको छैन् । यसका लागि राज्यलाई सजग गराउने र जागारुक गराउने चिन्ता अव दैलेखीहरुले लिनुपर्दछ ।
हरेक बर्ष कला सँस्कृति संरक्षणको नाउँमा लाखौं रकम दैलेखमा आएको भन्ने सुनिन्छ तर त्यसको सहि सदुपयोग हुन सकेको छैन् ।
आएका हरेक रकमहरुलाई सदुपयोग गर्दै
दैलेखका कला सँस्कृति, यहाँको मौलिकता र हरेक ऐतिहाँसिक महत्वका बस्तुहरुको संरक्षणका लागि सवैले समयमै ठोस नीति बनाउनुपर्ने देखिएको छ । हामिसँग गुम्दै गएको पहिचानलाई जोगाउनु तपाँई हामी सवै जिल्लावासीहरुको कर्तब्य हो ।








